Sagun Khabar
डिलाशैनीमा अवरुद्ध विद्युत सुचारु गर्ने प्रयास 

बैतडी–बैतडीको डिलाशैनीमा लगातारको बर्षाका कारण खसेको पहिरोले पोल ढल्दा अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्ने प्रयास गरिएको छ । 

डिलाशैनी गाउँपालिकाको वडा नं ७ मच्काँटै भन्ने ठाउँमा खसेको पहिरोले विद्युतको पोल ढालेकाले विद्युत सेवा अवरुद्ध भएको स्थानीय प्रदीपकुमार जोशी बताए । 

Atrya hospital

पहिरोका कारण ढलेका पोलहरु गाड्नका लागि गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीसहितको टोलीले प्रयास गरिरहेको उनले बताए । 

पहिरोका कारण पोल ढल्दा गाउँपालिकाको केन्द्र, स्वास्थ्य संस्था, विद्यालय र स्थानीयहरुको बस्तीमा विद्युत सेवा अवरुद्ध भएको जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update