Sagun Khabar
दार्चुला : भीरबाट लडेर एक महिला घाइते, ढुंगा लागेर एक पुरुष घाइते 

दार्चुला –दार्चुलामा भएका छुट्टाछुट्टै घटनामा एक महिला र एक पुरुष घाइते भएका छन् । 

जिल्लाकोे नौगाड गाउँपालिका–५ उडालुमा घाँस काट्ने क्रममा भीरबाट ४० वर्षीया कुट्मा टमाटा घाइते भएकी छन् भने महाकाली नगरपालिका–२ पन्डोराका २० बर्षीय सन्तोष नगाल ढुंगा लागेर घाइते भएका छन् । 

Atrya hospital

घाइते दुवै जनाको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

घाँस काट्ने क्रममा शनिबार भीरबाट लडेर घाइते भएकी टमाटालाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । 

यस्तै शनिबार गाईवस्तु चराउन जंगलमा गएका नगाल भीरबाट खसेको ढुंगा लागेर घाइते भएका हुन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भाव नभएपछि धनगढी पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update