Sagun Khabar
अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउन बैतडीमा नियमित बजार अनुगमन 

बैतडी–बजारमा हुने अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउनका लागि नियमित बजार अनुगमन शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले नियमित बजार अनुगमन गरिरहेको जनाएको छ । 

चालु आर्थिक बर्षको शुरुको महिनामै बजार अनुगमनलाई निरन्तरता दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । शनिबारमात्रै जिल्लाको देहीमाण्डौंमा बजार अनुगमन गरिएको उनले बताए । 

Atrya hospital

बजार अनुगमनका क्रममा व्यापारीहरुलाई बजार अनुशासनका बिषयमा जानकारी दिइएको प्रमुख कठायतले बताए । यसका साथै होटेल व्यवसायीहरुलाई सरसफाइ राख्न आग्रह गरिएको छ भने मिठाइ पसलेहरुलाई जथाभावी रंगको प्रयोग नगर्न आग्रह गरिएको छ । 

पहिलाको तुलनामा बजारमा धेरै सुधार आएको बताउँदै प्रमुख कठायतले केही दिनभित्रै संयुक्त बजार अनुगमन गरिने दाबी गरे । उनले भने ‘पहिलाको तुलनामा बजारमा धेरै सुधार आएको छ । म्याद नाघेका सामग्री विक्रिवितरण गनुहुँदैन भन्ने बिषयमा व्यापारीहरु पनि जानकार भएका छन् । अझै सुधार गर्नुपर्ने कुराहरु छन् । त्यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update