Sagun Khabar
बैतडीको डिलाशैनीमा पहिरोले दुई घर भत्किए

बैतडी–घरमुनिबाट पहिरो खस्दा बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् । 

चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताए । घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । 

Atrya hospital

पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जोशीले बताए । 

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । 

घटनामा मानवीय तथा चौपाया क्षति हुनबाट जोगिएको जोशीले बताए । 

डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट विपद्का घटना भएकोमा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । स्थानीय सरकारबाट गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए । 

बर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पालिका अध्यक्ष जोशीले सबैमा आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update