Sagun Khabar
बैतडीमा एक किशोर मृत फेला 
Atrya hospital

बैतडी–बैतडीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ न्वालीका १८ बर्षीय गजी भुल मृत फेला परेका हुन् । 

आँफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा भुलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । एसईई पूरक परीक्षा दिइरहेका भुलले किन आत्महत्या गरे भन्ने कुरा भने खुलीनसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update