Sagun Khabar
बैतडीको सुर्नयाका राजेशको मृत्युपछि परिवारको विचल्ली

बैतडी–भारतबाट घर फर्किदै गरेका सुर्नया गाउँपालिका वडा नं ४ का २५ बर्षीय राजेश साउँदको मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ । 

सुर्नया गाउँपालिका ४ पालीगडा घर भएका साउँदको यही साउन १९ गते शनिबार बिहान कैलालीको अत्तरीयामा मृत्यु भएको थियो । एक्कासी ढलेर बेहोस भएका साउँदको उपचारका क्रममा मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको स्थानीय केशव भट्टले जानकारी दिए । 

साउँद घरका एक्ला छोरा रहेका र घरमा कमाउने सबै आधार गुमेपछि उनको परिवार समस्यामा परेको छ । मृतक साउँदका घरमा बुढेसकालका आमा,श्रीमती र दुई छोरा रहेका छन् । 

Atrya hospital

घरपरिवार चलाउनका लागि परदेश गएका साउँद बाटोमै अस्ताएपछि उनको परिवारलाई हातमुख जोर्न समेत समस्या भएको स्थानीय दिपक साउँदले बताए । उनले भने ‘परिवारको कमाउने मान्छेको निधन भएपछि राजेश साउँदको परिवार निकै समस्यामा परेको छ । केही सहयोग होस भनेर अभियान समेत सञ्चालन गरिएको छ । यसमा सहयोग गरिदिन सबैलाई आग्रह गर्दछौं ।’

साउँदको मृत्युपछि घरपरिवार चलाउन समेत समस्या भएपछि सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता रामबहादुर साउँदले बताए । मृत्यु भएका साउँदको किरिया खर्च जुटाउन र उनका नाबलक छोराहरुलाई केही सहयोग होस भनेर अभियान सञ्चालन गरिएको उनले बताए । उनले भने ‘समस्यामा परेका बेला सहयोग गर्नु सबैको कर्तव्य हो । राजेश साउँदको परिवारका लागि हामीले अभियान सञ्चालन गरेका छौं । यसमा सहयोग गरिदिन सबैलाई आग्रह गर्दछौं ।’

चाडपर्वको मुखमा साउँदको मृत्युपछि उनकी बुढेसकालकी आमा र श्रीमतीलाई निकै सकस भएको छ । नाबालक छोराहरुलाई अब कसरी हुर्काउने भन्ने चिन्ता साउँद परिवारमा थपिएको छ । 

मृतक साउँदका परिवारलाई सहयोग गर्न अभियान सञ्चालन गरिएपछि केही रकम संकलन भएको र अझै सहयोगका लागि अपिल गरिएको साउँदले बताए । 

मृतक साउँदका परिवारलाई सहयोग गर्न चाहने व्यक्तिहरुले उनका आफन्त रामबहादुर साउँदको एनआइसी एसीया बैंकमा रहेको खाता नम्बर ४६८७७७१९१२५२४००१ मा रकम जमा गर्न सक्नेछन् । 
यूस्तै भारतबाट सहयोग गर्न चाहने व्यक्तिहरुले ९३२८७७२९३५ नम्बरमा रकम जमा गर्न सक्नेछन् ।

राजेशको परिवारलाई सहयोग गर्न चाहनेहरुले क्युआर कोड स्क्यान गरेर समेत सहयोग गर्न सक्नेछन् । 

Qr-1723349167.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update