Sagun Khabar
जगन्नाथ क्याम्पसको स्ववियुले निशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने 

बैतडी–बैतडी सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर पूरक तयारी कक्षा सञ्चालनको तयारी गरिएको स्ववियु सभापति धनी भट्टले बताए । 

तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुलाई आइतबारसम्म नाम दर्ताका लागि समय तोकिएको स्ववियु सभापति भट्टले बताए । भोलि अर्थात साउन २७ देखि भदौ २३ गतेसम्म जगन्नाथ बहुमुखी क्याम्पसको हलमा पूरक तयारी कक्षा सञ्चालन गरिने सभापति भट्टले बताए ।  

Atrya hospital

केही दिन अघिमात्रै प्रकाशित भएको कक्षा १२ को परीक्षाफलमा ननग्रेड आइ पूरक परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गरिन लागेको हो । अंग्रेजी,बजार शास्त्र  र लेखा बिषयको तयारी कक्षा सञ्चालन हुने स्ववियुले जनाएको छ । 

यसअघि श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुले पनि साउन २३ देखि निःशुल्क रुपमा पूरक तयारी कक्षा सञ्चालन गरिरहेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि भदौ २५ र २६ गते पूरक परीक्षाको मिति तय गरेको छ ।

sobiyu-1723285815.jpg
 


 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update