Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका घर भएका एक युवकको मलेसियामा मृत्यु 
Atrya hospital

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्टको मलेसियामा मृत्यु भएको छ । हिजो शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार उपचारको क्रममा राती १० बजे मान बहादुरको मृत्यु भएको हो । 

मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको शव पोस्टमार्टमका लागी अस्पतालमै राखिएको छ । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार आइतबार पनि विदा भएका कारण सोमबार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने बताईएको छ । त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ । 

परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका मान बहादुर उतै अस्ताएपछि सिगों परिवार शोकमा छ । परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update