Sagun Khabar
बैतडीको देहीमाण्डौंमा प्रभु बैंकद्धारा एटिएम सेवा सुरु
Atrya hospital

बैतडी – बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको एटिएम सञ्चालनमा आएको छ । जिल्लाको देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेसँगै २८३औँ एटिएम सञ्चालनमा ल्याएको शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए । ग्राहकहरुको सहजताको लागी बैंकले सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याए सँगै आजबाट एटीम सहितको सेवादिने शाखा प्रबन्धक बिष्टले जानकारी दिए ।

(क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको थियो । बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ । देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीयले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update