Sagun Khabar
काठमाण्डौबाट रसुवाका लागि उडेको हेलिकप्टर दुर्घटना, पाँच जनाको ज्यान गएको पुष्टि
Atrya hospital

काठमाण्डौ – नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले  जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  दिएको जानकारी अनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update