Sagun Khabar
प्राथमिक स्वास्थ्य केन्द्र पाटनको सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी–बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 

गत आर्थिक बर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सम्पादन भएका कामहरुको बारेमा जानकारी दिनका लागि सामाजिक परीक्षण र सार्वजनिक सुनुवाईको आयोजना गरिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज प्रेमसागर भट्टले जानकारी दिए । 

Atrya hospital

सार्वजनिक सुनुवाई कार्यक्रम ४१ लाख ४१ हजार ७२६ रुपैयाँ बराबरको आय र २७ लाख ८७ हजार ९७ रुपैयाँ बराबरको व्यय विवरण सार्वजनिक गरिएको छ । ओपिडी टिकेट, शुल्क, खोकाटहार, एम्बुलेन्स लगायतकाबाट आम्दानी भएको भट्टले बताए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा खोका टहराबाट संकलन हुनुपर्ने २ लाख २३ हजार ७०६ रुपैयाँ भाडा संकलन हुन नसकेको सिनियर अहेक इन्द्रसिंह बिष्टले जानकारी दिए । 

एम्बुलेन्स सञ्चालनमा समेत पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई समस्या भएको इञ्चार्ज भट्टले बताए । एम्बुलेन्स सञ्चालन बाफतको रकम संकलन गर्न मुस्किल हुने गरेको उनले बताए । 

यस्तै सार्वजनिक सुनुवाईमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँघर क्लिनिकका भवन नहुँदा समस्या भएको बिषय जानकारी गराएका थिए । यो बिषयमा पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले गाउँघर क्लिनिकको भवन निर्माणका लागि पहल गर्ने बताए । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update