Sagun Khabar
बैतडीको पञ्चेश्वर–१ मा कडा कुपोषण भएका तीन बालबालिका भेटिए 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ भित्र तीन जना बालबालिकाहरुमा कडा कुपोषण देखिएको छ । पञ्चेश्वर स्वास्थ्यचौकीले बालबालिकाहरुको पोषणस्थितीका बारेमा जानकारी लिनका लागि सञ्चालन गरेको खोजपडताल अभियान अन्तर्गत ४ ओटा टोलमा तीन जना बालबालिका कडा कुपोषण भएका भेटिएका हुन् । 

जेड स्कोर पद्दतिका माध्यमबाट बालबालिकाहरुको पोषणस्थितीका बारेमा जानकारी लिँदा चार टोलका तीन जना बालबालिकाहरुमा अति शीघ्र कुपोषण देखिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए ।  

Atrya hospital

६१ जना बालबालिकाहरुको पोषणस्थितीका बारेमा चेकजाँच गर्दा १३ जना बालबालिकाहरुमा मध्यम कुपोषण देखिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

अति शीघ्र कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्यचौकीमा रहेको ओटीसी सेन्टरमा उपचार गरिने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

पञ्चेश्वर स्वास्थ्यचौकीले बालबालिकाहरुको पोषणस्थितीका बारेमा जानकारी लिनका लागि खोजपडताल अभियान सञ्चालन गरेको छ । स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्रका अब ६ ओटा टोलमा अभियान सञ्चालन गर्न बाँकी रहेको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

बालबालिकाहरुको पोषणस्थितीको बारेमा जानकारी लिनका लागि सञ्चालन गरिएको अभियान अन्तर्गत बच्चाको तौल, उचाइ र पाखुराको नाप लिने गरिएको बताइएको छ । बच्चाहरुको पोषणस्थितीका बिषयमा उनीहरुका अभिभावकहरुलाई समेत जानकारी दिने गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update