Sagun Khabar
बैतडीमा दुई जना मृत फेला

 बैतडी–बैतडीमा अलग–अलग ठाउँमा दुई जना मृत फेला परेका छन् । 

जिल्लाको मेलौली नगरपालिका १ रडमाकी १७ बर्षीया मनिषा दयाल सोमबार मृत फेला परेकी हुन् । घर नजिकैको भिमलको रुखमा झुण्डिएको अवस्थामा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा पढ्दै गरेकी मनिषाले किन् आत्महत्या गरिन् भन्ने कुुरा खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिका ६ रीगाका ५१ बर्षीय रामबहादुर कुँवर पनि मृत फेला परेका छन् । घर नजिकैको फलाँटको रुखमा कुँवर झुण्डिएको अवस्थामा देखेपछि स्थानीयहरुले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा आत्महत्याका घटना भयावह रुपमा बढ्दै गएका छन् । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका भएपनि आत्महत्या गर्नेको संख्यामा कमी आउन सकेको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update