Sagun Khabar
दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते 
Atrya hospital

दार्चुला –दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । महाकाली नगरपालिका–४ तिङकरखेडामा गएराति धारिलो हतियार प्रहारबाट २४ वर्षीय सरोजसिंह धामी गम्भीर घाइते भएका हुन् । 

पेटमा धारिलो हतियार प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनलाई उपचारको लागि दार्चुलाबाट डडेलधुरा रेफर गरिएको छ । घटनापछि धामीसंगै रहेका चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update