Sagun Khabar
बैतडीमा जबरजस्तीकरणी उद्योगको आरोपमा प्रधानाध्यापक पक्राउ 

बैतडी–जबरजस्तीकरणी उद्योगको आरोपमा एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका १ स्थित भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो । 

स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update