Sagun Khabar
कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षाबारे स्थलगत अध्ययनको विवरण सार्वजनिक

कञ्चनपुर –जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा भएको भारी वर्षाबारे गरिएको अध्ययनको विवरण सार्वजनिक गरेको छ । नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाबारे अध्ययन गरी विभागले सोमबार विवरण सार्वजनिक गरेको हो ।   

गत असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरमा सर्वाधिक वर्षा (६२४ मिलिमिटर) मापन गरिएको थियो । ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययनका लागि विभागको टोली कञ्चनपुर पुगेको थियो । टोलीले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरेको थियो । 

Atrya hospital

परीक्षणका क्रममा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्डभित्र रहेको पाइएकाले उक्त केन्द्रबाट प्राप्त तथ्यांक सही रहेको विभागले जनाएको छ । तर सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिएको विभागले जनाएको छ । 

कञ्चनपुर क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणका कारण अत्यधिक वर्षा भएको विभागले जनाएको छ । यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडबष्र्ट’ मान्न सकिने विभागले जनाएको छ ।  

क्षति न्यूनीकरणमा समयमै प्रवाह गरिएका विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएमएस सेवा तथा पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको विभागले जनाएको छ । 

Red-brak-1722912813.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update