Sagun Khabar
दार्चुलामा सर्पको टोकाइबाट एक महिला घाइते 
Atrya hospital

दार्चुला –दार्चुलामा सर्पको डसेर एक महिला घाइते भएकी छन् । 

जिल्लाको नौगाड गाउँपालिका–२ की ६१ वर्षीया देउमती ठगुन्नालाई सर्पले टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

जंगलमा घाँस काट्ने क्रममा ठगुन्नालाई आइतबार सर्पले टोकेको हो । घाइते ठगुन्नाको दार्चुलामा सामान्य उपचारपछि सोमबार थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update