Sagun Khabar
बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य पाल बने भौतिक पूर्वाधार विकास मन्त्री 

बैतडी–बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद विस्तार गर्दै पाललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्री पालले मन्त्री पदको शपथ ग्रहण गरिसकेका छन् । यसअघि उनी जेठ २८ गते आर्थिक मामिला मन्त्री बनेका थिए । 

Atrya hospital

केन्द्रमा गठबन्धन फेरिएपछि एमाले त्यो बेला सरकारबाट फिर्ता भएको थियो । पछिल्लो समयमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण भएपछि प्रदेशमा पनि सोही अनुसार समीकरण बनेको हो । 

गएको निर्वाचनमा एमालेका तर्फबाट बैतडी प्रदेश सभा क्षेत्र नं.१ बाट प्रदेश सभा सदस्यमा निर्वाचित पाल मन्त्री पदमा नियुक्त भएका हुन् । 

२०७९ सालमा सम्पन्न भएको प्रदेशसभा सदस्यको निर्वाचनमा १२ हजार ८३१ मत प्राप्त गरेर पाल प्रदेश सभा सदस्यमा विजयी भएका थिए । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका थिए । 

पाल नेकपा एमाले बैतडीका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update