Sagun Khabar
बैतडीको सुर्नयाका राजेश साउँदको मृत्युपछि परिवारको विचल्ली, सहयोगको अपिल 

बैतडी–भारतबाट घर फर्किदै गरेका सुर्नया गाउँपालिका वडा नं ४ का २५ बर्षीय राजेश साउँदको मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ । 

सुर्नया गाउँपालिका ४ पालीगडा घर भएका साउँदको शनिबार बिहान कैलालीको अत्तरीयामा मृत्यु भएको थियो । एक्कासी ढलेर बेहोस भएका साउँदको उपचारका क्रममा मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको स्थानीय केशव भट्टले जानकारी दिए । 

Atrya hospital

साउँद घरका एक्ला छोरा रहेका र घरमा कमाउने सबै आधार गुमेपछि उनको परिवार समस्यामा परेको हो । मृतक साउँदका घरमा बुढेसकालका आमा,श्रीमती र दुई छोरा रहेका छन् । 

साउँदको मृत्युपछि घरपरिवार चलाउन समेत समस्या भएपछि सहयोग अभियान सञ्चालन भएको अभियान्ता केशव भट्टले बताए । मृत्यु भएका साउँदको किरिया खर्च जुटाउन अभियान सञ्चालन गरिएकाले सबैलाई सहयोगका लागि आग्रह गरिएको उनले बताए । 

मृतक साउँदका परिवारलाई सहयोग गर्न चाहने व्यक्तिहरुले उनका आफन्त रामबहादुर साउँदको एनआइसी एसीया बैंकमा रहेको खाता नम्बर ४६८७७७१९१२५२४००१ मा रकम जमा गर्न सक्नेछन् । 
यूस्तै भारतबाट सहयोग गर्न चाहने व्यक्तिहरुले ९३२८७७२९३५ नम्बरमा रकम जमा गर्न सक्नेछन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update