Sagun Khabar
बैतडीको दोगडाकेदारमा मोबाइल सेवा अवरुद्ध 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । गएको तीनचार दिन यता मोबाइल सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय कविराज भट्टले बताए । 

टावरले काम नगर्दा कसैसंग फोन सम्पर्क हुन नसकेको स्थानीय व्यापारी पुष्करराज जोशीले जानकारी दिए । टेलिकमको टावरमा बारम्बार समस्या आउने गरेको उनले बताए । उनले भने ‘कहिलेकाँही फोन लाग्छ । कुरा हुन नपाउँदै फोन काटिन्छ । अति जरुरी कामका लागि समेत समस्या भईरहेको छ ।’

Atrya hospital

यो बिषयमा नेपाल टेलिकमले सिल्लेगडामा रहेको टावरले दोगडाकेदारका विभिन्न स्थानमा काम गर्ने र सो टावर विद्युत आपूर्ती बन्द हुँदा टावरमा समस्या आएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए ।

सो ठाउँमा विद्युत सेवा नियमित गर्नका लागि विद्युत प्राधिकरणसंग समन्वय भईसकेकाले यो समस्या छिटै समाधान हुने उनले बताए ।  
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update