Sagun Khabar
श्रीकोट क्याम्पसको स्ववियुले निःशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क पूरक तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर पूरक तयारी कक्षा सञ्चालनको पहल गरिएको स्ववियु सभापति शम्भुराज गिरीले बताए । 

तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुलाई मंगलबारसम्म नाम दर्ताका लागि समय तोकिएको स्ववियु सभापति गिरीले बताए । साउन २३ देखि भदौ २० गतेसम्म श्रीकोट बहुमुखी क्याम्पस स्ववियु हलमा पूरक तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । 

Atrya hospital

पूरक तयारी कक्षामा सहभागी हुने टाढाका विद्यार्थीहरुलाई छात्रवासको समेत व्यवस्था गरिएको सभापति गिरीले बताए । 

केही दिन अघिमात्रै प्रकाशित भएको कक्षा १२ को परीक्षाफलमा ननग्रेड आइ पूरक परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गरिन लागेको हो । अंग्रेजी र लेखा बिषयको तयारी कक्षा सञ्चालन हुने स्ववियुले जनाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि भदौ २५ र २६ गते पूरक परीक्षाको मिति तय गरेको छ । 

2-1722826484.jpg
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update