Sagun Khabar
भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु 
Atrya hospital

बैतडी–भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । 

आइतबार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भीरबाट खसेको ढुंगा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए । 

मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन् । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update