Sagun Khabar
महारुद्र सहकारीको २७ औं बार्षिक साधारण सभा सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका १ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

साधारण सभामा संस्थाका व्यवस्थापक खेमराज भट्टले १ करोड २३ लाख ६ हजार ९५५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । २०५३ सालमा स्थापना भएको सहकारी संस्थामा ३ सय २२ जना शेयर सदस्य रहेका छन् भने १सय ५२ जना बालबचत सदस्य रहेका छन् । यस्तै संस्थामा १३ संस्थागत बचत सदस्य रहेका व्यवस्थापक भट्टले बताए । 

सहकारी संस्थाले ८१ लाख ६४ हजार ८७२ रुपैयाँ ऋण लगानी गरेको छ भने ३ लाख ४६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । यस्तै बचततर्फ ७९ लाख १४ हजार ८४६ रुपैयाँ रहेको व्यवस्थापक भट्टले बताए । 

बार्षिक साधारण सभाको अवसरमा समयमै किस्ता तिर्ने ५ जना उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरिएको छ । पूँजीचुक्ताबाट केही नगद रकमसहित ५ जनालाई सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । 

दिपकराज भट्ट, सुने भट्ट, चन्द्रसिंह भाट, निर्मला भट्ट र मानमती भट्टलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो । 

कतिपय सहकारी संस्थाहरु बन्द हुँदै गएका बेला महारुद्र बचत तथा ऋण सहकारी संस्था भने अब्बल बन्दै गएको छ । शेयर सदस्यहरुको सक्रिय सहभागिता र सञ्चालकहरुको इमान्दारिताका कारण सहकारी संस्था अब्बल बन्दै गएको हो । 

पछिल्लो समयमा सफ्टवेयर जडान गरेर सहकारी संस्थाले अनलाइनमार्फत कारोबार गर्दै आएको सहकारी संस्थाका व्यवस्थापक भट्टले बताए । आगामी दिनमा समेत सहकारी संस्थालाई अझै राम्रो बनाउने प्रयास गरिने सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए ।  
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update