Sagun Khabar
दार्चुलाको मकरीगाड खोलामा बगेर एकजना बेपत्ता 
Atrya hospital

दार्चुला –दार्चुलाको मकरीगाड खोलामा बगेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ रौला बस्ने मोहनसिंह धामी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

आइतबार बिहान साढे ११ बजेतिर मकरीगाडबाट अपिहिमाल जाने क्रममा धामी खोलामा बगेका प्रहरीले जनाएको छ । बेपत्ता धामीको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update