Sagun Khabar
बैतडीसहित सुदूरका तीन पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध 

बैतडी–बैतडीसहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला र बझाङमा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

डडेल्धुराको भालुमारेमा १३२ केभी लाइनमा रुख ढलेकाले आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको हो । लाइनमा ढलेको रुख हटाउन समय लाग्ने भएकाले आजै विद्युत सेवा सुचारु हुने सम्भावना कम रहेको पौडेलले बताए । 

Atrya hospital

अत्तरीयाबाट आएको अर्को ग्रीडमा समेत समस्या आएकाले विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताइएको छ । विद्युत सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन् । 

१३२ केभीका दुई ग्रीडमै समस्या रहेको र एकमा पनि समस्या समाधान भएमा विद्युत सेवा सुचारु गर्न सकिने पौडेलले बताए । दुवै ग्रीडमा देखिएको समस्या समाधान नभएमा आज विद्युत सेवा अवरुद्ध नै रहने उनले बताए । 
 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update