Sagun Khabar
बैतडीको झौलेकमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध 
Atrya hospital

बैतडी – बैतडी –बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेक मोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

सडकको तलतिरबाट पहिरो खसेपछि गाडीहरु पूर्ण रुपमा बन्द भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने ‘सडकको तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने गाडीहरु रोकिएका छन् ।’

सडकमा पहिरो खसेपछि पर्खाल लगाउने कार्य जारी रहेको र पर्खाल लगाईसकेपछि मात्रै सडक सुचारु हुने प्रहरी प्रवक्ता ओझाले बताए । आइतबारदेखि सडक अवरुद्ध भएको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update