Sagun Khabar
बैतडीका देवदत्त भट्टराईको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल 

बैतडी–मस्तिष्कघात भएर अस्पताल भर्ना भएका बैतडीका देवदत्त भट्टराईको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको छ । बैतडीको पाटन नगरपालिका–१ सकार गणेशपुर घर भई हाल कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती बस्दै आएका भट्टराईलाई एक्कासी अत्याधिक रक्तचापका कारण मस्तिष्कघात भई अस्पताल भर्ना गरिएको छ ।

विगत ११ दिन देखी धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्षामा उनको उपचार भइरहेको आफन्त नन्दराज भट्टराईले बताए । 

Atrya hospital

बिरामीको स्वास्थ्यमा सामान्य सुधार भइरहेको र इन्ट्राक्रोनिएल मस्तिष्कघातको उपचार पद्धति महिनौं जाने उपचारमा संलग्न चिकित्सकले बताएको उनको भनाई छ । परिवारको आर्थिक अवस्था कमजोर रहेको र हाल सम्म पारिवारिक सहयोग तथा ऋण सापटीबाट उपचार भइरहेको भट्टराईले बताए । 

चिकित्सकको सल्लाहअनुसार अब बिरामीको अवस्था हेरी थप उपचार निरन्तर गरिरहनुपर्नेे भएकाले विरामीको जीवन रक्षाका लागि सबैले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । लामो समयदेखि सवारी चालकको रुपमा काम गर्दै आएका भट्टराईको उपचारमा आर्थिक समस्या भएकाले सहयोगी मनहरुलाई सहयोगका लागि अपिल गरिएको हो । 

उनलाई सहयोग गर्न चाहनेले कुमारी बैंकमा धर्मेन्द्र भट्टराईको नाममा रहेको ०७५०२१७९३१९००००१ खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ ।
कुमारी बैंकको क्युआर र ९८६६६०५७०४ नम्बरको ईसेवा

Bhattrai-Malakheti-QR-1722747252.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update