Sagun Khabar
बैतडीको सुर्नयाका पालीगडा र पत्थरकोट गाउँ शोकमा डुबे, दुई युवकको एकै दिन मृत्यु 

बैतडी–बैतडीको सुर्नयाका दुई युवकको एकै दिन मृत्यु भएपछि पालीगडा र पत्थरकोट गाउँ शोकमा डुबेका छन् । 

सुर्नया गाउँपालिका वडा नं ४ पालीगडाका २५ बर्षीय राजेश साउँद र सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका २४ बर्षीय लक्ष्मण लुहारको शनिबार मृत्यु भएको हो । 

Atrya hospital

भारतबाट रोजगारी गरेर घर फर्कर्दै गरेका पालीगडाका साउँदको कैलालीको अत्तरीयामा मृत्यु भएको हो । अत्तरीयास्थित पहाड रोडमा बेहोस अवस्थामा भेटिएका साउँदको पद्यमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
यस्तै रोजगारीका लागि भारतको बेंगलोरमा रहेका पत्थरकोटका लुहारको पनि शनिबार मृत्यु भएको हो । शुक्रबार राति खाना खाएर सुतेका लुहार शनिबार बिहान मृत फेला परेका थिए । 

दुई जना होनहार युवाको अकालै ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयहरुले बताएका छन् । भारतबाट घर फर्कदै गरेका राजेश साउँदको बाटोमै मृत्यु भएपछि पुरै पालीगडा गाउँ शोकमा डुबेको स्थानीय समेत रहेका शिक्षक बीर साउँदले बताए । घरको एक्लो छोरा बाटोमै बितेपछि उनकी आमा विक्षिप्त अवस्थामा रहेकी छन् । उनकी श्रीमती र दुई छोराको समेत विचल्ली भएको साउँदले बताए । 

साउँदको मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ भने गाउँले एक होनहार युवा गुमाएको छ । साउँदको मृत्युले घरपरिवारमा ठूलो ब्रजपात परेको गाउँलेहरुले बताएका छन् । 

यस्तै पैसा कमाउनका लागि भारत गएका युवाको उतै मृत्यु भएपछि पत्थरकोट गाउँ शोकमा डुबेको स्थानीय हिक्मत कुँवरले जानकारी दिए । चाडपर्व नजिक आएका बेला भएको अप्रिय घटनाले गाउँ शोकमा डुबेको उनले बताए । 

मृतक लुहारको घरमा श्रीमती र एक छोरा रहेका छन् । छोराको मृत्युको खबरले बुढेसकालका आमाबुवा विक्षिप्त अवस्थामा रहेका कुँवरले बताए । पैसा कमाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि घरपरिवारको विचल्ली भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update