Sagun Khabar
महिला भलिबल टीमले जितेको उपलक्ष्यमा बैतडीमा खुसीयाली

बैतडी–काठमाण्डौंमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले जितेको उपलक्ष्यमा बैतडीमा पनि खुसीयाली मनाइएको छ । महिला भलिबल टीमले भारतलाई हराउँदै इतिहास रचेको उपलक्ष्यमा बैतडीको गुरुखोला र देहीमाण्डौंमा रहेका खेलाडीहरुलाई मिष्ठान्न वितरण गरिएको जिल्ला भलिबल संघका कोषाध्यक्ष भुपेन्द्र चन्दले बताए । 

यस्तै देहीमाण्डौंमा रहेका भलिबल खेलाडीहरुलाई एक थान भलिबल समेत उपलब्ध गराएको उनले बताए । 

Atrya hospital

महिला भलिबल टीमका प्रशिक्षक जगदीश भट्टको जन्मस्थान समेत बैतडीमा भएकाले उनको सम्मानमा खेलाडीहरुलाई प्रोत्साहित गर्न मिष्ठान्न वितरण गरिएको कोषाध्यक्ष चन्दले बताए । स्थानीयस्तरमा रहेका खेलाडीहरुको मनोबल उच्च राख्न र नेपाली महिला भलिबल टीमको सम्मान कार्यक्रम गरिएको हो । 

खेलाडीहरुलाई मिष्ठान्न तथा भलिबल वितरण कार्यक्रम खेलप्रेमी महानुभावहरुको सहभागिता रहेको कोषाध्यक्ष चन्दले बताए । उनले भने ‘ म आफू पनि भलिबल खेलाडी हुँ । त्यसैले खेलाडीहरुको सम्मानमा कार्यक्रमको आयोजना गरेका हौं । महिला टीमको सम्मान र स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम राखेका हौं ।’

खेलाडीहरुलाई प्रोत्साहन गर्न र महिला भलिबल टीमको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको खेलकुद प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update