Sagun Khabar
महिला भलिबल इतिहासमा नेपालद्वारा पहिलो पटक भारत पराजित 

काठमाण्डौ – महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई पराजित गरेको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन ग¥यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

Atrya hospital

नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुगेका थिए । आजको जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update