Sagun Khabar
नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि
Atrya hospital

काठमाण्डौ – काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ’ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले उज्वेकिस्तान ’ए’ लाई २१–१७, २१–१४ ले पराजित ग¥यो । नेपालले सबै पाँच खेलमा अपराजित रहँदै उपाधि जितेको हो । यस्तै पुरुषतर्फ नेपाल दोस्रो भएको छ । नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सेटमा पराजित भएर दोस्रो भएको हो ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update