Sagun Khabar
बैतडीको सुर्नयाका लक्ष्मण लुहार भारतमै अस्ताए 
Atrya hospital

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोट घर भएका एकजना युवकको मृत्यु भएको छ । भारतको बेंगलोरमा रोजगारी गर्दै आएका लक्ष्मण लुहारको मृत्यु भएको स्थानीय हिक्मत कुँवरले जानकारी दिए । 

३ बर्ष पहिलादेखि बेंगलोरमा रोजगारी गर्दै आएका लुहारको शनिबार बिहान साढे ११ बजेतिर मृत्यु भएको बताइएको छ । मुटु सम्बन्धी समस्या भएका लुहारको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । 
मृतक लुहारको घरमा श्रीमती र एक छोरा रहेका छन् । 

छोराको मृत्युको खबरले बुढेसकालका आमाबुवा विक्षिप्त अवस्थामा रहेका कुँवरले बताए । पैसा कमाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि घरपरिवारको विचल्ली भएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update