Sagun Khabar
अत्तरीयामा बेहोस अवस्थामा भेटिएका बैतडीका राजेश साउँदको मृत्यु 

बैतडी–कैलालीको अत्तरीयामा बेहोस अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको छ । 

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ का घर भएका अन्दाजी २५ बर्षीय राजेश साउँद शनिबार बिहान साढे ११ बजेतिर  गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका थिए । 
बेहोस अवस्थामा फेला परेका साउँदको अत्तरीयास्थित पद्यमा अस्पतालमा उपचारका क्रममा बिहान ११ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Atrya hospital

भारतबाट घर आउँदै गरेका साउँदको मृत्यु भएको उनका आफन्त नरेश साउँदले बताए । मृतक साउँदका घरमा श्रीमती, दुई छोरा र बुढेसकालका आमा रहेका छन् । 

रोजगारी गरेर घर फर्कदै गरेका साउँदको बाटोमै मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ । घरमा एकजनामात्रै कमाउने मान्छे रहेको र उनको समेत मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको उनका आफन्तले जनाएका छन् । 

चाडपर्वका लागि घर फर्कदै गरेका साउँदको बाटोमै मृत्यु भएपछि सुर्नया गाउँपालिका वडा नं ४ को पालीगडा गाउँ शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update