Sagun Khabar
बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना बन्द 

बैतडी–बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः बन्द भएको छ । गत माघदेखि एक सय किलोवाट विद्युत उत्पादन भइरहेको भएपनि फेरि विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । 

विद्युतको एडीआर प्रणालीमा समस्या आएकाले विद्युत उत्पादन बन्द भएको उनले बताए । २ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना २०७९ जेठदेखि बन्द रहेको थियो । २०८० माघदेखि एक सय किलोवाट विद्युत उत्पादन शुरु गरिएपनि विद्युत प्रणालीमा समस्या आएपछि फेरि बन्द भएको छ । 

Atrya hospital

सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनको लागि गत मंसिरमा नेपाल विद्युत प्राधिकरणको आयोजना विकास विभागको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । 

बन्द रहेको विद्युत उत्पादन कार्य सुचारु गर्नका लागि पहल भइरहेको बैतडी वितरण केन्द्र प्रमुख पौडेलले बताए । विद्युत उत्पादनका लागि प्रयोग भइरहेको पानी सिँचाइ समेत प्रयोग भइरहेकाले केही समस्या देखिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update