Sagun Khabar
डडेल्धुरा घर भएका पूर्व सहायक मन्त्री भट्टको निधन 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ ।

८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो ।  बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट  १९९८ सालमा जन्मेका भट्टले बिएस्सी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए ।

२०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक उनले सम्पन्न गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update