Sagun Khabar
६४ बर्षपछि फेला परे पुर्चौंडीका नरसिंह रतोकी 

बैतडी –बेपत्ता भएको ६४ बर्षपछि बैतडीको पुर्चौंडी नगरपालिका ७ का नरसिंह  रतोकी फेला परेका छन् । 

विं स. २००० मा जन्मिएका रतोकी १७ बर्षको उमेरमा घरबाट भारत जान्छु भनि हिँडेका थिए । त्यसपछि उतैबाट बेपत्ता भएका ८१ बर्षीय रतोकी बिहीबारमात्रै फेला परेका पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले बताए । 

Atrya hospital

६४ बर्षदेखि बेपत्ता रहेका रतोकी वेवारिसे अवस्थामा मेलौलीमा नगरपालिकामा फेला परेका हुन् । बिहीबार मेलौली नगरपालिका वडा  नं ५ को सिरोडा जंगलबाट रतोकीको इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको टोलीले उद्धार गरेको थियो ।

स्थानीय जंगलमा बेवारिसे अवस्थामा फेला परेका रतोकीको मेलौलीका स्थानीय समाजसेवी र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको हो । रतोकीको सरसफाइका साथै उनको सामान्य उपचार समेत स्थानीय समाजसेवीहरुले गरेको प्रवक्ता बमले बताए ।  

प्रहरीले फेला पारेका रतोकीको पहिचान खुलेपछि उनका आफन्तसहितको टोलीले शनिबार घर लगेका छन् । 

लामो समयदेखि बेपत्ता रहेका आफ्ना काका फेला परेपछि निकै खुसी लागेको पुर्चौंडी नगरपालिका वडा नं ७ का वडा सदस्य समेत रहेका गमीसिंह रतोकीले बताए । पछिल्लो समयमा भारतको पिथौरागढमा समेत खोजी गरेको र उनी नभेटिएपछि परिवारजनले भेटिने आस मारिसकेका थिए ।

बिहिबार भेटिएका रतोकीको मानसिक अवस्था कमजोर रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update