Sagun Khabar
बैतडीको सतबाँझ–सुर्नया सडक अवरुद्ध 
फाइल फोटो

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने सतबाँझ–सुर्नया सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको ठाउँठाउँमा पहिरो खसेकाले गाडी चलाउन सकिने अवस्था नरहेको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए । 

गाउँपालिकाको केन्द्र जोेड्नका लागि सतबाँझ–सनशेरीमाण्डौं हुँदै जाने सडक र सतबाँझ–बङसल्ला हुँदै जाने दुवै सडकमा पहिरो खसेको उनले बताए । 

Atrya hospital

लगातारको बर्षाले पनखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यस्तै गाउँपालिकाको पालीपोटादेखि पनखोला सम्म ठाउँ–ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध रहेको बताइएको छ । 

सुर्नया गाउँपालिका वडा नं ४ सनशेरीमाण्डौं नजिकै पहिरो खस्दा तीनदेखि यातायात बन्द रहेको स्थानीय प्रिन्स महराले बताए । 

सडक अवरुद्ध हुँदा आकस्मिक बिरामी, अन्य आकस्मिक काम भएका नागरिकहरुलाई समस्या भएको छ । शुक्रबारदेखि सडक अवरुद्ध रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update