Sagun Khabar
सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना 

बैतडी – आज दिउँसो सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेशका केही ठाउँमा मुसलधारे बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिमसहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

Atrya hospital

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ ।

आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

पछिल्लो ६ घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update