Sagun Khabar
बैतडीमा एक महिला मृत फेला 
Atrya hospital

बैतडी–बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको पाटन नगरपालिका १० मटेकी १९ बर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update