Sagun Khabar
बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत स्वयंसेवक खटायो 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत स्वयंसेवक खटाएको छ । केही दिन पहिला नियुक्त गरेका ४० जना सडक मर्मत स्वयंसेवकलाई फिल्डमा खटाएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । पालिकाले निर्माण गरेका सडकहरुलाई व्यवस्थित र सुचारु गराउन सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको उनले बताए । 

सडक मर्मत स्वयंसेवकका लागि चालु आर्थिक बर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । एकजनालाई मासिक १३ हजार ५ सयका दरले तलब दिने गरेर सडक मर्मत स्वयंसेवक परिचालन गरिएको धामीले बताए ।

Atrya hospital

पालिकाले निर्माण गरेका वडा केन्द्र जोड्ने सडकहरुमा काम गर्ने गरेर सडक मर्मत स्वयंसेवक खटाइएको हो । आफ्नै सडक मर्मत स्वयंसेवक नियुक्त गर्ने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो पालिका हो । यसअघि कुनै पनि स्थानीय तहले सडक मर्मत स्वयंसेवक नियुक्त गरेको छैन् । 

पालिकाभित्रका ग्रामीण कच्ची सडकहरुलाई व्यवस्थित गर्नका लागि सडक मर्मत स्वयंसेवक परिचालन गरिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update