Sagun Khabar
प्रजातन्त्र सेनानी संघ बैतडीको अध्यक्षमा चन्द
Atrya hospital

बैतडी–नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ बैतडीको अध्यक्षमा हर्कबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ । नेपाली कांग्रेसका पुराना नेता चन्दलाई नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय कार्यालयले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । 

नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल(बिकेडी)ले लेखेको पत्रमा संघको जिल्ला अधिवेशन नहुँदा सम्मका लागि चन्दलाई अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ । 

उनलाई जिल्ला कार्यालय स्थापना, संघको सदस्यता वितरण, जिल्ला तदर्थ कार्यसमिति गठन लगायतका जिम्मेवारी तोकिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update