Sagun Khabar
बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते
Atrya hospital

बैतडी- बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते भएकी छन् । जिल्लाको सुर्नया गाउँपालिका–६ कि ४२ वर्षीया मानमति बडु घाइते भएकी छन् ।

बिहिबार खरबारीमा घाँस काटिरहेको अवस्थामा सल्लाको रुख ढली उनि घाइते भएकी हुन् । उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते मानमतिको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update