Sagun Khabar
बैतडीको सिगासमा पहिरोले ८ परिवारको घरखेतमा क्षति दुई परिवार विस्थापित

बैतडी- बैतडीको सिगास गाउँपालिका–३ भुडेश्वरमा पहिरो खस्दा ८ परिवारको घरखेतमा क्षति पुगेको छ । आइतबार राती सिण्याखेत गर्जे सडकखण्डबाट खसेको लेदोसहितको पहिरोले ८ परिवारको खेतमा क्षति पु¥याएको छ भने दुई परिवार विस्थापित भएका छन् । 

आइतबार राती आएको लेदो सहितको पहिरोले स्थानीय गणेश साउँद, जस्वीर साउँद, राम सिंह धामी, मनबीर साउँद, गोपाल सिंह साउँद, हरी सिंह साउँद, बाद धामी र गंगाराम साउँदको खेतमा क्षति पुगेको हो । यस्तै गणेश साउँद र जस्वीर सउँदको घरमा समेत क्षति पुगेको छ । घरमा बढी क्षति पगेकाले दुवै परिवार विस्थापित भएका छन् । 

Atrya hospital

पहिरोले घर भत्किने अवस्था रहेकाले दुवै परिवार आफन्तको घरमा बसीरहेको पिडित जस्वीर सिंह धामीले बताए । सिगास गाउँपालिका –३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ । 

सडकमाथिबाट खसेको पहिरोले खेतमा क्षति पुगेको र पालिकाबाट रहात स्वरुप सहयोग गर्ने गाउँपालिका प्रबक्ता समेत रहेका वडा अध्यक्ष अमर सिहं धामीले बताए । अझै वर्षा भएको अवस्थामा थप ११ परिवार जोखिममा रहेको त्यहाका स्थानीयहरुले बताएका छन् । 

८ वटा परिवारको करिब ३० रोपनी जमिनमा लगाएको धान समेत नष्ट भइसकेको उनले बताए । यस विषयमा जानकारी प्राप्त भएको र पालिकाबाट आवश्यक सक्दो सहयोग गरिने वडा नं ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता अमर सिंह धामीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update