Sagun Khabar
भारतलाई हराउँदै  पहिलो पटक जित्यो श्रीलङ्काले महिला एशिया कपको उपाधि

काठमाण्डौ – भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायो ।

भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।

Atrya hospital

यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् ।

श्रीलङ्काले पहिलो पटक उपाधि जितेको हो । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेको श्रीलङ्का उपविजेतामै सीमित भएको थियो । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेको छ । सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update