Sagun Khabar
कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

कञ्चनपुर- कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो ।

महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका–९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए ।

Atrya hospital

एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् । खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै गरेको उनले जानकारी दिए ।

आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको गरेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update