Sagun Khabar
बैतडीमा कृषि प्राविधिक तथा किसान समिति गठन 

बैतडी –बैतडीमा कृषि तथा भेटनरी प्राविधिकहरुले कृषि प्राविधिक तथा किसान समिति गठन गरेका छन् । कृषि तथा भेटनरी बिषय पढेका जिल्लाका विभिन्न ठाउँका प्राविधिकहरुको पाटनमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो । 

आफूहरुमा भएको ज्ञान,सीप र क्षमता अनुसार किसानहरुलाई प्राविधिक सीप दिने, किसानहरुको हकहितका लागि प्राविधिक सहयोग गर्ने, स्थानीय सरकारहरुलाई कृषि क्षेत्रमा लगानि बढाउन दबाब दिने लगायतका उद्देश्य राखेर समिति गठन गरिएको समितिका सदस्य अमर भट्टले जानकारी दिए । 

भेलाले पूर्णदेव भट्टको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा छायेश्वरी पन्त, सचिवमा भुवन भट्टराई, कोषाध्यक्षमा दिनेशप्रसाद भट्ट, सहसचिवमा पुष्पा पन्त लगायत अन्य सदस्यहरु रहेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update