Sagun Khabar
बैतडीका एक युवक स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ
Atrya hospital

बैतडी- बैतडीका एक युवक स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामी स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ परेका छन् । भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ ।

दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update