Sagun Khabar
बैतडी घर भएका जनकको जापानमै अन्त्यष्टि
Atrya hospital

बैतडी- बैतडीको पाटन नगरपालिका वडा न ३  घर भएका जनक प्रशाद अवस्थीको जापानमै अन्त्यष्टि गरिएको छ । अवस्थीको बिहिबार दिउँसो जापानमै अन्त्यष्टि गरिएको हो । गत बैशाखमा अध्ययनसँगै रोजगारीको अवसर खोज्न जापान गएका पाटन नगरपालिका–३ का जनक प्रशाद अवस्थीको मंगलबार त्यहाको समुद्रमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । 

आर्थिक अभाव र प्रक्रियागत समस्यामा अल्झिएपछि अन्त्यष्टिको समय लम्बिएको हो । जनकको शव नेपाल ल्याउन आर्थिक अभाव भएपछि जापानमै अन्त्यष्टि गर्ने आफन्तले बताए । जनकको शव ३ दिन अस्पतालमै राखिएको थियो । जापामा अन्त्यष्टिका लागि पनि करिब ५ लाख हाराहारी खर्च हुने बताइएको छ । हालसम्म करिब १ लाख हाराहारी आर्थिक रकम सहयोग जुटेको आफन्तले बताएका छन् । करिब ५ लाख रुपैया आर्थिक अभाव हुने भएकाले थप सहयोगीहरुबाट सहयोगको अपिल गरिएको छ । 

सुदूरपश्चिमेली सामाज जापानले २० हजार, एनआरएनए जापानले ३० हजार, दिलेन्द्र प्रशाद जोशीले १० हजार, भरत नेगीले १० हजार एकसय, इश्वर खड्काले ५ हजार ५ सय, मोहन सिंह मडैले १० हजार, बागलुङ सामाज जापानले १० हजार सहयोगगरेको आफन्तले बताएका छन् ।  जापान स्थित सुदूरपश्चिमेली सामाज, एनआरएनए, लगायत विभिन्न समितिहरु र आफन्तहरुले आर्थिक संकलन देखि प्रक्रियागत समस्यामा सहयोग गरिरहेका छन् । लाखौँ ऋण लिएर पढाईगरी रोजगारी समेत गरेर परिवारलाई सुख दिने ठूलो सपना बोकेका अवस्थीको मृत्यु भएपछि परिवार तथा आफन्त विक्षिप्त बनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update