Sagun Khabar
महाकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर खण्डमा पहिरोको जोखिम 

बैतडी –बैतडी –दार्चुला जोड्ने महाकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडकखण्डमा पहिरोको जोखिम बढ्दै गएको छ । सो खण्ड अन्तर्गत ठाउँठाउँमा पहिरो खस्दा सवारी साधन बीचबाटोमै रोकिने गरेका छन् । 

सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा खसेको पहिरोले दिनहुँ जसो सडक अवरुद्ध हुने गरेको छ । सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध हुने गरेका चालक महादेव कपाडीले बताए  । धरमघरको पहिरोका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुने गरेको उनले बताए । उनले भने ‘सडकमा जतिबेला पनि पहिरो खस्ने समस्या छ । जिपहरु निकाल्नै मुस्किल हुने गरेको छ ।’

Atrya hospital

धरमघरमा पहिरो खस्दा दिनानुदिन समस्या हुने गरेको दोगडाकेदार गाउँपालिका ३ का पुस्कार जोशीले बताए । उनले भने ‘महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको ठाउँठाउँमा पहिरो छ । मोटरसाइकल चलाउनै नसकिने अवस्था छ ।’

यस्तै सोही खण्डको बसालीमा पनि पहिरो खस्ने गरेको छ । सतबाँझ गोकुलेश्वर खण्डमा  मोड सुधार कार्यक्रम अन्तर्गत मोड सुधार गरिएका ठाउँमा पहिरो खस्न थालेको हो । मोड सुधार गर्दा जमीन हल्लिएकाले पहिरो खस्ने गरेको सडक डिभिजन कार्यालय पाटन बैतडीका सूचना अधिकारी हरि जोशीले जानकारी दिए । पहिरो खसेपनि पहिरो पन्छ्याउनका लागि तत्कालै व्यवस्था गर्ने गरिएको उनले दाबी गरे । 

तर सवारी चालकहरुले भने पहिरोका कारण घण्टौं सडकमै बस्नुपर्ने बाध्यता रही आएको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update