Sagun Khabar
कर्णाली नदीमा भएको डुंगा दुर्घटनामा एकको मृत्यु, तीन बेपत्ता 

कैलाली –कर्णाली नदीमा बेपत्ता भएका मध्ये एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको स्थानीय शिक्षक पदमबहादुर भुलले बताए । धनसराको साथमा रहेका १ महिनाका छोरा कर्ण सलामी घाइते भएका उनले बताए । 

नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अझै अज्ञात  रहेको छ । २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Atrya hospital

आइतबार मध्यान्ह  १२ बजे मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै उनीहरु चढेको डुंगा पल्टिएको थियो । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेको स्थानीयले बताएका छन् । डुंगामा सवार अन्य ५ जना भने पौडिएर बाँचेको प्रहरीले जानकारी दिएको छ । 

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update